नियम ६८
क्षतिपूर्ति दिन सक्ने
: (१) बचत तथा कर्जा सुरक्षण कोषले सुरक्षण गरिएको कर्जाको असी प्रतिशत ननाघ्ने गरी क्षतिपूर्ति दिन सक्नेछ ।

(२) सदस्य संस्थाले कर्जाको भाखा नाघेको दुई वर्षपछि उपनियम (१) बमोजिम क्षतिपूर्तिका लागि दाबी गर्न सक्नेछ ।

(३) बचत तथा कर्जा सुरक्षण कोषले सुरक्षण गरेको बचतको क्षतिपूर्ति रकम ऐनको दफा ८९ बमोजिम नियुक्त लिक्विडेटर बा दफा १०५ बमोजिम गठित व्यवस्थापन समितिले गरको सिफारिसको आधारमा भुक्तानी दिनेछ ।